खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन्।

मंगलबार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन्।

उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए। उनले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए।

उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए। उनले परिवार, समाज र परिवेशबाट सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा पनि आजको आवश्यकता भएको बताए।

उनले विद्यार्थीहरूको खेलकुदमा सहभागिता वृद्धि र सफलता समाज निर्माणको आधार भएको बताए।

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ बनाउने बताए। उनले खेलकुदले सामाजिक जीवनलाई समृद्ध बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर