वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० करोड रूपैयाँ बढी ठगेको आरोपमा एक जना पक्राउ

विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरूसँग ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिएका थिए ।

उनले रकम लिएपछि कतिपय रोजगारीमा जना पाएनन् भने कतिपय सिंगापुर पुगेपछि विमानस्थलबाट फर्काइएका थिए ।

पीडितहरूले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरूबाट १० करोड रूपैयाँभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर