दशैं-तिहारका लागि ल्याइएका बिक्न बाँकी खाद्यका २० च्यांग्रा कुकुरको टोकाइले मरे

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्यांग्रा मरेका छन्।

व्यापार कम्पनीले दशैं-तिहारलाई लक्षित गरी ल्याएका च्यांग्रा बिक्री भएका थिएनन्। दशैं-तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्यांग्रामध्ये गए राति २० वटा च्यांग्रा मरेको कम्पनीले बताएको छ।

कम्पनीले दशैं-तिहारका लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्न ५ सय ४२ वटा च्यांग्रा ल्याएको थियो।

बुधबार साँझसम्म स्वस्थ अवस्थामा रहेका च्यांग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताए।

उनले दशैं0तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्यांग्रामध्ये २० वटा बिहीबार मरेको बताए।

उनले मरेकामध्ये दुईवटालाई परीक्षण गर्न प्रयोगशाला पठाइएको बताए। राति कुकुर छिरेर केही समय च्यांग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सीसीटीभी फुटेजमा देखिएको उनले बताए।

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी शाहीले च्यांग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताए। उनले च्यांग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताए।

उनले १४ वटा च्यांग्रा बिरामी रहेका बताए। उनले च्यांग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको बताए।

कम्पनीले ल्याएका ५ सय ४२ वटा च्यांग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो। गत वर्ष १६२ च्यांग्रा खरिद-बिक्री भएका आधारमा यो वर्ष बढी च्यांग्रा खरिद गरे पनि अपेक्षाअनुसार बिक्री नहुँदा च्यांग्रा कम्पनीले पालन गर्दै आएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर