टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।

परिसरका एक प्रहरी अधिकृतका अनुसार उनले केही समयअघि ज्याप सर्भिसेस प्रालिलाई टुटल बिक्री गरेका थिए । हाल उक्त एपको सेवा रिब्रान्डिङ भई ‘टुटल बाई ज्याप’ को नामबाट सञ्चालनमा छ ।

भट्टका तत्कालीन साझेदारहरूले भट्टमाथि आपराधिक विश्वासघात गरी प्रतिलिपि अधिकारको उलंघन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । टुटल बिक्री गरेर भट्टले आफूले मात्रै लाभ लिएको आरोप लागेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर