नेपाल प्रहरीका ८२६ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

सरकारले नेपाल प्रहरीका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गरेको छ । गृह मन्त्रालयले मंगलवार उनीहरूलाई बढुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘बढुवा समितिको बैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका ८२६ हवल्दारलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि सरकारले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको थियो ।

यी हुन् बढुवा भएका ८२६ जनाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर