एनएमबी बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न

एनएमबी बैंकको २८ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा बिहीबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानकाे सभापतित्वमा साधारण सभा सम्पन्न भएको हाे । सो साधारणसभामा बैंकका शेयरधनीहरूले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

साधारणसभामा पूर्वघोषित कार्यक्रमबमोजिम संस्थापक शेयरधनीहरूका तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन् । यसैगरी सर्वसाधारण शेयरधनीहरूका तर्फबाट उत्तम भ्लोन, शिरीषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

एफएमओका तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी ‘प्रकाश’ लाई मनोनित गरी पठाइएको पनि साधारणसभामा जानकारी गराइएको थियो ।

बैंकको २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रूपैयाँ रहेको छ ।

बैंकले हाल देशभरि २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर