लेफ्टिनेन्ट कर्णेल पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कंगो प्रस्थान

नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको मिसनमा तैनाथ आफ्ना सैनिकहरूको अदलीबदली गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघको स्थिरीकरण मिसन (मोनुस्को) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको हो ।

मिसनमा सहभागी नरसिंहदल गणको २९ औं डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) को ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू शुक्रबार मिसन इलाका प्रस्थान गरेका हुन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले गरेका छन् ।

मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गणको २९ औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल मोनुस्को मिसनमा नेपाली सेनाका १,१५२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले आफ्नो तर्फबाट द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ फौज पठाउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर