देशैभरका प्रहरी अधिकारीले सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने

नेपाल प्रहरीका अधिकारीले कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने भएको छ ।

सार्वजनिक कार्यक्रमहरूमा संगठनको धारणाविपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमतिबिना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको हो ।

कार्यक्रममा निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा रायसुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुसी सहभागी हुने र अभिव्यक्ति पनि दिने गरेको देखिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

निर्देशनमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकता, अनुशासन, कर्तव्य एवं जिम्मेवारीबोध गरी उदाहरणीय बनी नेतृत्व गर्नुपर्ने हुँदा अबउप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई आउने निमन्त्रणाबारे प्रहरी प्रधान कार्यालयका विभागहरू, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूले यस सचिवालयमा जानकारी दिई अनुमति लिनुहुन, काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयहरूले काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट र प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयहरूले प्रदेश प्रहरी कार्यालयलाई जानकारी दिई त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा विवरण दिने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर