माओवादीको केन्द्रीय समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिबार बिहान ११ बजे बैठक बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको विधान संसोधनबारे छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ ।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको प्रस्तावमाथि आजदेखि बस्ने स्थायी कमिति बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले बताएका छन् ।

माओवादीले फागुन पहिलो सातादेखि विधान अधिवेशन गर्दैछ । बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समिक्षा पनि हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *