न्यायाधीश बिदामा बसेपछि अफताब आलमको मुद्दामा तोकिएन पेसी

पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएन ।

रौतहट जिल्ला अदालतका धेरैजसो न्यायाधीश बिदामा भएको भन्दै उनको मुुद्दामा सुनुवाइ तयारी गरिए पनि पेसी नतोकिएको हो ।

जिल्ला अदालतका सात न्यायाधीहरूमध्ये आइतबार दुई जना न्यायाधीशहरू मात्र अदालतमा उपस्थित छन् ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर, धेरैजसो न्यायाधीशहरू बिदामा भएकाले पेसीमा चढेन ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरूद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो ।

अदालतको आदेशबमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर