बुद्धको जन्मभूमि लुम्बिनीमा १ हजार २५० जनालाई बुद्ध पुत्र दीक्षा दिइने

बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ ।

अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदूत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्बीहरूले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रूपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गरे ।

बुद्धको अनुयायी बनाउनका लागि यसअघि पनि लुम्बिनीमा कार्यक्रम हुँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर