भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआएकाेप्रति राष्ट्रपतिको असन्तुष्टि

राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। होटल संघ नेपाल (हान) ले मंगलवार काठमाडौंमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उनले सो चासो व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा आए बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाइ नहुने बताए। उनले यी अन्तर्राष्ट्रिय विमानस्थलहरू छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताए।

होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरूलाई आग्रह गरे। उनले नेपालको रैथाने खानालाई सोझै कृषकहरूसँग सहकार्य गरेर पर्यटकहरूको सत्कारमा लगाउन सके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिन सक्ने बताए।

राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर