हरेक वर्ष १५ हजारलाई रोजगारी दिने गरी गौरवका योजनाहरू अघि सारेका छौं : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिने गरी १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन् ।

मंगलवार काठमाडौंमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागिएको बताइन् । उनले १० वटा गौरवका योजनाहरूमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् ।

उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्ष जनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गरिन् ।

उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् । उनले तालिमको उद्देश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *