त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थाले : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन्।

बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासाहरू बढेको बताइन्। यस विषयलाई लिएर विद्यार्थीहरू निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर आकर्षित भइरहेको उनले बताइन्।

उनले अध्ययन-अध्यापन र परीक्षा, नतिजालगायतका विषयहरू सूचना प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन्। उनले अनलाइन माध्यमबाट अघि बढे विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन्।

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रूपमा लिन नसक्दा यी समस्याहरू सिर्जना भएको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *