राम मन्दिर प्राणप्रतिष्ठा [LIVE]

भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न भएको छ।

प्राणप्रतिष्ठा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य यजमान थिए। स्थानयी समयअनुसार सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा सुरू भएको प्राणप्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो।

प्रधानमन्त्री मोदीले गर्भगृहमा भगवान् रामको मूर्तिलाई फूल र कपडा चढाए।

यस पूजामा प्रधानमन्त्री मोदीसहित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिष्य स्वयंसेवक संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका गभर्नर आनन्दी बेन पटेललगायत सहभागी थिए।

प्राणप्रतिष्ठाको मुख्य पूजा गर्भगृहमा भएको थियो। भगवान् रामको मूर्ति प्राणप्रतिष्ठा हुनेबित्तिकै भारतीय वायुसेनाको हेलिकोप्टरले राम मन्दिरमा पुष्पवृष्टि गरेको थियो।

प्राणप्रतिष्ठा कार्यक्रममा देशका सयौं चर्चित व्यक्तित्वलाई निम्तो दिइएको छ।

यिनमा बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन, रजनीकान्त, क्रिकेटर सचिन तेन्दुलकर, धनाढ्य मुकेश अम्बानी, उनकी पत्नी नीता अम्बानी समावेश छन्।

कार्यक्रममा सहभागीको संख्या हजारौं रहेको बताइएको छ। नेपालबाट पनि सन्त-महन्तसहित केही उच्चपदस्थ र केही सञ्चारकर्मीहरू कार्यक्रममा सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *