२३ औं सशस्त्र प्रहरी दिवस

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील छ : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताएका छन् ।

मंगलवार सशस्त्र प्रहरी बलको २३ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शून्य सहनशीलता र जनमैत्री सुरक्षा निकायको मान्यताप्रति मन्त्रालय दृढ रहेको बताए ।

उनले गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन विशेषज्ञता, व्यवसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताए । उनले कार्यस्थलमा आफूलाई प्राप्त जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलमा रहेको कल्याणकारी कोषलाई बहालवाला एवं अवकाशप्राप्त सकलदर्जा, वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसमेतलाई लाभान्वित हुने गरी थप नयाँ कार्ययोजनाका साथ अघि बढाउन निर्देशन दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *