डेनमार्कको सबैभन्दा पुरानो लेखन दुई हजार वर्ष पुरानो चक्कुमा फेला

डेनमार्ककका पुरातत्वविद्हरूले करिब दुई हजार वर्ष पुरानो रुनिक अक्षरमा लेखिएको एउटा सानो चक्कु फेला पारेको सङ्ग्रहालय ओडेन्सले मङ्गलबार बताएको छ । यो डेनमार्कमा पाइएको लेखनको सबैभन्दा पुरानो निशान हो ।

रुन्स पनि भनिने रुनिक अक्षर स्क्यान्डिनेभियामा ज्ञात सबैभन्दा पुरानो वर्णमाला हो । यो वर्णमाला युरोपमा इस्वीको पहिलो वा दोस्रो शताब्दीदेखि लिएर १०औँ शताब्दीमा ईसाइकरणका क्रममा ल्याटिन वर्णमालाले प्रतिस्थापन नगरेसम्म प्रयोगमा थियो ।

“चक्कु आफैँमा उल्लेखनीय होइन तर ब्लेडमा पाँच रुन्स छन् जो आफैँमा असाधारण हो, रुन्सको उमेर अझ असाधारण छ किनकी यी वास्तवमै हामीसँग डेनमार्कको सबैभन्दा पुराना हुन्”, पुरातत्वविद् ज्याकोब बोन्डेले भने, “योभन्दा अघि हामीसँग कुनै लेखन छैन ।”

करिब एक सय ५० वर्ष ईस्वीपूर्वको फलामको चक्कु मध्य डेनमार्कमा ओडेन्सको पूर्वमा एउटा सानो चिहानमा पाइएको थियो । पाँच रुनिक अक्षरले ‘हिरिला’ शब्दको उच्चारण हुन्छ । त्यस समयमा बोलिने प्रोटो–नर्स भाषामा यसको अर्थ ‘सानो तरबार’ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर