बैंकहरूले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अब बैंकहरूले धितोबेस कर्जाभन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जाभन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताए।

उनले बैंकहरू पनि कर्जाभन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए। उनले अब बैंकहरूले पनि धितोबेस कर्जाभन्दा प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याए।

अर्थमन्त्री डा. महतले बैंकहरूले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिनलायक परियोजना भए/नभएको अध्ययन-मूल्यांकन गर्नुपर्ने बताए। उनले प्रोजेक्टबेस कर्जामा बैंकहरू जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जान सक्ने दाबी गरे।

मन्त्री डा. महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधारको अवस्थामा पुगेको दाबी गरे। तर, सरकारले सोचेको जस्तो भने नभएको स्वीकार गरे।

उनले मुलुकका आवश्यकताहरू धेरै तर सरकारसँग साधन स्रोतहरू थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकीकरण नपुगेको बताए। उनले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताए।

उनले सरकारको प्राथमिकता प्राथमिकीकरण गरेर काम गर्ने गरेको उल्लेख गरे। उनले सीमित साधन स्रोतलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्नुपर्ने चुनौती रहेको बताए।

उनले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको बाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताए। उनले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरू वृद्धि भइरहेको भन्दै बैंकहरूले होटलमा गरेको लगानी डुब्ने खतरा नरहेको बताए।

उनले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको बताए। उनले राष्ट्र बैंकसँग सहकार्य गरेर केही सहज बनाउन जरूरी भएकाले सहज बनाएको बताए। उनले सकारात्मकतातर्फ अर्थतन्त्र जाने तथ्यांकहरू भएकाले अब लगानीहरू पनि बढ्ने अपेक्षा रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *