स्यानिटरी प्याडमै आठ लाख रूपैयाँ झ्वाम

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

सामुदायिक विद्यालयका छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज, सप्तरी दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहविरूद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेकोबारे उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरूले स्यानिटरी प्याड खरिद कार्यमा प्रचलित कानुन व्यवस्थापनको पालना समेत नगरी खरिद-बिक्री गरेको पाइएको अख्तियारको ठहर छ।

भुक्तानी दिने र लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा अरविन्दकुमार चौधरी, श्यामसुन्दर यादव, श्यामप्रसाद यादव र सुजन दाहाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० खण्ड (ञ) बमोजिमको कसुरमा ८ लाख ७४ हजार तीन रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल गर्न माग गरिएको छ।

अख्तियारका अनुसार उनीहरूले ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रूपैयाँमा खरिद-बिक्री गरेको पाइएको हो।

लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीलाई मुख्य कसुरदारलाई सरह सजाय गरी बिगोसमेत असुल गर्न माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *