अध्यागमन घटनाबारे छानबिन गर्न सहसचिव गौतमको संयोजकत्वमा समिति गठन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन् ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेका छन् ।

शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि कुटपिट भएको मोक्तानले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *