जीबी राई बिरुद्ध जारी डिफ्युजन नाेटिस के हाे ?

सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए ।

‘दुई साताअघि नै डिफ्यूजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गइसकेको थियो’, उनले भने । प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ । यद्यपि, इन्टरपोलमा नोटिस जारी भइसकेको छैन ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा राई भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए ।

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

के हो डिफ्युजन नाेटिस ?

सदस्य राष्ट्रहरूले ‘डिफ्युजन’ भनेर चिनिने अर्को संयन्त्र मार्फत पनि एकअर्कासँग सहयोग अनुरोध गर्न सक्छन्। डिफ्युजनहरू सीधा सदस्य देशको राष्ट्रिय केन्द्रीय ब्यूरोद्वारा सबै वा केही अन्य सदस्य देशहरूमा प्रसारित हुन्छन्।

डिफ्युजनहरू नोटिस कलर-कोड गरिएको प्रणालीसँग मेल खान्छ, त्यसैले त्यहाँ रातो, पहेँलो, नीलो, कालो, हरियो, बैजनी र सुन्तला फैलावटहरू छन्, र तिनीहरूले इन्टरपोलको संविधान र डेटाको प्रशोधनसम्बन्धी नियमहरूको पालना गर्नुपर्छ।

वान्टेड पर्सनल (रातो) डिफ्युजनहरू – जो दोषी वा अभियुक्त व्यक्तिलाई गिरफ्तार गर्न, हिरासतमा राख्न वा आवतजावतमा प्रतिबन्ध लगाउन पठाइन्छ । नोटिस र डिफ्युजन टास्क फोर्स द्वारा अनुपालनको लागि जाँच गरिन्छ।

इन्टरपोलको संविधान को धारा 3 को उल्लङ्घन मा राजनीतिक, सैन्य, धार्मिक वा जातीय चरित्र को हो भने इन्टरपोलको डेटाबेसमा एक प्रसारमा प्रवेश गरिनेछैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर