९औं पटक बिहारको मुख्यमन्त्री बन्दै नितीश : आजै बुझाए राजीनामा, आजै शपथ

बिहारका मुख्यमन्त्री नितीश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले आज(आइतबार) राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरलाई आफ्नो राजीनामा बुझाएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नितीशले आजै भारतीय जनता पार्टी(भाजपा)सँग गठबन्धन गरेर ९औं पटक बिहार मुख्यमन्त्री पदको शपथ गर्ने तयारी गरेका छन्।

राजभवनमै नयाँ सरकारको शपथका लागि तयारी चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनको शपथ बेलुका ४ बजे गराउने तयारी भइरहे‍को छ।

राजीनामा बुझाएपछि उनले भनेका छन्, ‘आज मैले आफ्नो पदबाट राजीनामा गरेँ। मैले पार्टीको कुरा माने र वर्तमान सरकार छोड्ने निर्णय गरेँ। हामी आज गठबन्धनबाट अलग भएका छौं।’

यसभन्दा अगाडि बिहारको राजनीतिक चर्चाको बीचमै राजधानी पटनामा जनता दल(युनाइटेड)को बैठक बसेको थियो। सो बैठक मुख्यमन्त्री नितीश कुमारको निवासमा बसेको थियो। त्यसपछि मात्रै उनले राजीनामा बुझाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर