सुदूरपश्चिमबाट ठूलो मात्रामा भन्सार छलिका सामानसहित एक जना पक्राउ

सुदूरपश्चिमबाट ठूलो मात्रामा भन्सार छलिका समानसहित एक जना पक्राउ परेका छन्। कैलाली र कञ्चनपुरको सीमानाकाबाट अवैध भन्सार छलिका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको पुष्टी गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० बनकट्टी घाटबाट अवैधरूपमा भन्सार
छलि गरि ल्याएका करिब १ लाख ९६ हजार रूपैयाँ बराबरको माछा र २ थान मोटरसाईकलसहित ४३ वर्षिय जहर राना रहेका छन्।

यस्तै, प्रहरीले धनगढीबाटै ६० हजार बराबरको सामानहरु पनि नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट १ लाख ७५ हजार रूपैयाँ बराबरको समाग्री र बेलौरी नगरपालिकाबाट ५५, हजार, पुनर्वास नगरपालिकाबाट ६५ हजार बराबरको समाग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर