राप्रपामा राजेन्द्र र रेखाको जुहारी

राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपाकै नेतृ तथा अभिनेत्री रेखा थापाबीच जुहारी चलेको छ।

नेतृ थापा सन्तान जन्माउनका लागि विदेश गएको भन्दै अध्यक्ष लिङदेनले हिजो(शनिबार) राजधानीमा आयोजित एक कार्यक्रममा थापालाई लक्षित गर्दै,‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए।

सोहीको काउन्टर जवाफमा नेतृ थापाले अध्यक्ष लिङदेनलाई जवाफ फर्काएकि छिन्। नेतृ थापाले फेसबुकमा स्टाट्स राख्दै अध्यक्ष लिङदेनको नाम नलिएर लेखेकि छिन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थियो ! अमेरीकामा किन राखेको ?’

सो विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *