फिनल्याण्डमा राष्ट्रपति निर्वाचनको मतदान सकियो

फिनल्याण्डको राष्ट्रपतीय निर्वाचन आईतवारबाट सकिएको छ । फिनल्याण्डका मतदाताहरुले बेलुका ८ बजेसम्म भोट हालेका थिए । ६ वर्षको अवधिको लागि राष्ट्रपति चयन गर्न मतदान भएको हो ।

वर्तमान साउली निनिस्तोको उत्तराधिकारीका लागि नौ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । दुई कार्यकाल राष्ट्रपतिमा बसे पनि उनी दौडमा छैनन् । फिनल्याण्डको संविधानअनुसार राष्ट्रपति लगातार दुई कार्यकालका लागि मात्र निर्वाचित हुन पाइन्छ । यदी कुनै पनि उम्मेदवारले पहिलो चरणमा आधा भन्दा बढी मत प्राप्त गर्न सकेन भने, फेब्रुअरी ११ मा शिर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको प्रतिष्पर्धा हुनेछ ।

राष्ट्रिय गठबन्धनका राष्ट्रपतिका उम्मेदवार, पूर्वप्रधानमन्त्री अलेक्ज्याण्डर स्टब र स्वतन्त्र हरित उम्मेदवार, पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो, जनमत सर्वेक्षणमा अग्रस्थानमा छन् । स्टब नोभेम्बरदेखि चुनावको नेतृत्व गर्दै आएका छन् तर फिन्स पार्टीका उम्मेदवार र फिनल्याण्डको संसदको सभामुख जुसी हल्ला–आहो पछिल्ला हप्ताहरूमा लोकप्रियता बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर