बंगलादेशविरूद्ध पनि चलेन गुल्शनको ब्याट, ३ रनमै आउट

आइसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेल बंगलादेशविरूद्ध खेलिरहेको नेपालले गुल्शन झाको विकेट पनि गुमाएको छ।

नेपालले पाँचौ विकेटकारूपमा झालाई गुमाएको हो। उनी १६ बलमा ३ रन जोडेर आउट भए।

नेपालले चौथो विकेटका लागि कप्तान देव खनाललाई गुमाएको थियो। कप्तान खनालले ६० बलमा ३ चौकाको मद्दतले ३५ रन जोडेर क्याच आउट हु्न पुगेका थिए।

तेश्रो विकेटकारूपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो। उनी २६ बलमा १५ रन जोड्दै क्याच आउट हुन पुगे।

यस अगाडि नेपालले नेपालले दोश्रो क्रममा आएका ब्याट्सम्यान आकाश त्रिपाठीलाई गुमाएको थियो। उनी १३ बल खेल्दै नेपालका लागि ३ रन जोडेर पभेलियन फर्केका हुन्।

त्यस अगाडि नेपालले ओपनर ब्याट्सम्यान बिपीन रावललाई गुमाएको थियो। बिपीनले १२ बल खेल्दै २ रन जोडेका थिए।

ताजा अवस्थामा नेपाल ५ विकेट गुमाउदै ३६.१ ओभरमा १२५ रनमा खेलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *