हजार र पाँच सयको नोट सरकारले बिस्तारै बजारबाट खिच्दा हुन्छ : एमाले सांसद पन्त

एमाले सांसद रघुजी पन्तले सरकारले एक हजार र पाँच सयको नोट बिस्तारै बजारबाट खिच्दा हुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पन्तले सरकारले एक हजार र पाँच सयको नोट बिस्तारै बजारबाट खिच्दा हुने बताएका हुन्।

उनले भने,‘१००० र ५०० को नोट सरकारले बिस्तारै बजारबाट खिच्दा हुन्छ। अहिले कारोबार डिजिटल भइसक्यो। सामान्य कारोबारका लागि २०/५० दरका नोट भए हुन्छ। अमेरिकी डलर १०० भन् बढी त छैन चलिरहेको छ संसारमा। डिजिटल इकोनोमिक सर्कुलेसन चलिरहेको छ। तपाईंको हातमा नगद नोटको आवश्यकता नहुन सक्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *