भारतलाई देखाएर नेपालका चारवटै अन्तर्राष्ट्रिय विमानस्थल चीनलाई सुम्पिने तयारी !

सरकारले नयाँ निर्माणका लागि पहल चालिरहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका चारवटै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय व्यवसायी गौतम अडानीको समूह ‘अडानी ग्रुप’लाई सञ्चालनका लागि दिने लागेको भन्ने बजारमा चर्चा चल्न थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिएका उद्योगपति अडानीले भारतमा विभिन्न विमानस्थल,बन्दरगाह, रेल-वेलगायतका क्षेत्रहरूमा व्यवस्थापन तथा साझेदारी प्रक्रियामा निर्माण गरी संचालन गरिरहेका छन्।

नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अडानी समूहकै नाम अगाडि आउनुको पछाडि निक्कै ठूलो राजनीतिक चाल चालिएको कुटनीतिज्ञहरूको विश्लेषण रहेको छ। केही समय अगाडि अर्थमन्त्री डा प्रकाशशरण महत भारतको गुजरातमा भएको ‘भाइब्रेन्ट गुजरात’ कार्यक्रममा सहभागी भएर नेपाल फर्किएलगत्तै नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू अडानी समूहलाई दिने मनस्थितिमा अर्थमन्त्री महत भन्ने खबरहरू बजारमा नराम्ररी फिजाइयो।

उक्त हल्ला बजारमा फिजाउनका लागि नेपालकै प्रतिष्ठित एक उद्योगपति परिवार र संवैधानिक निकायका एक पूर्वप्रमुखसम्म लागी परे। उनीहरूले नेपालमा बनेका सबै विमानस्थलहरू सञ्चालन खर्चसमेत घाटामा रहेको र त्यसबाट माथि उम्किन सरकारले अनुभवी तथा योग्य साझेदारका रूपमा अडानी समूहलाई आग्रह गर्दा अडानी समूहले निक्कै चासोका साथ हेरेको भन्ने हल्ला फिजाए।

नेपालकै प्रतिष्ठित एक उद्योगपतिको समूह र अडानी समूहबीच केही समय अगाडि नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजिकरणका लागि रणनीतिक समझदारी भएको थियो। सोही कुरालाई लिएर केही सञ्चारमाध्यमले विभिन्न तवरले समाचार सम्प्रेषणसमेत गरे।

तर, यसलाई वास्तविक धरातलमा उभिएर हेर्दा भारतले नेपालमा चीन सरकारले लगानी गरेका परियोजना मात्र त परै जाओस् चिनियाँ ठेकेदारबाट बनेका परियोजनाहरूमा समेत व्यवसायीक ढंगले जोडिन चाहेको देखिदैन।

यसैबीचमा अडानी समूहलाई ल्याएर नेपाल सरकारसंवद्ध केही पदाधिकारीहरूले भारतीय कारण देखाउँदै आफू राष्ट्रवादी देखिन नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू चीनलाई भाडामा दिन खोजिरहेको एकपछि अर्को गरेर पुष्टीहुँदै गइरहेको छ।

अडानी समूहले हालसम्म नेपालका विमानस्थलहरू भाडामा लिनेभन्ने विषयमा कुनै औपचारिक\अनौपचारिक कुरा नउठेपनि प्रमुख प्रतिपक्षी दल निकट मानिएका केही व्यापारीहरूको समूहले अडानी समूहको नामलाई जोडेर ठूलै खेल खेलिरहेको प्रष्ट बुझ्न सकिने कुटनीतिज्ञहरू बताउछन्।

सोही विषयलाई लिएर ती संवैधानिक निकायका पूर्वप्रमुखले काठमाडौंमा दुई ठूला कार्यक्रमहरूको समेत आयोजना गरे। जसको खर्चसमेत उक्त प्रतिष्ठित व्यपारिक समूहले बेहर्यो। उनीहरूले केही सञ्चारमाध्यहरूलाई आर्थिक चलखले गराएर विभिन्न समाचारहरूसमेत प्रकाशन गर्न लगाएर विमानस्थलकै कारण व्यवस्थापकीय तनावमा रहेको सरकारको फाइदा लिदै भारतले चारवटै विमानस्थल आफ्नो पोल्टामा लैजान खोज्दैछ भन्ने भ्रम फैलाए। अन्तत: विमानस्थल चिनिया समूहलाई हस्तान्तरण गर्ने उनीहरू भित्री योजनाका साथ लागी रहेका छन्।

विमानस्थलको बारेमा केही भ्रम छरेर आफ्नो राजनीति स्वार्थका लागि व्यवसायिक र ठूलै मिडिया हाउसका मालिकको एक समूहपनि लागी रहेको छ।

धेरै जसो विषयमा भारतलाई अगाडि ल्याएर जनताकोबीचमा भारतविरोधी सन्त्राश फैलाएर आफ्नो कामको लागि उनीहरूले चाहेको कुरा मात्र प्रचारप्रसार गर्दै वास्तविक घटनालाई पार्श्वमा राखेर आफ्नो स्वार्थसिद्ध गर्ने परिपाटीको विकास भइरहेको कुटनीतिज्ञहरूको धारणा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर