सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयो : उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन्।

शनिबार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ। देशले धेरै ठूलो सफर गरिरहेको छ। म यहाँहरुलाई बताउन चाहन्छु। जबसम्म राजनीति संग्लो हुँदैन। तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन। अहिले देशको राजनीति बिग्रिरहेको छ। खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ। भताभुंग भएको छ। यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *