गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन्।

अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिरसमेत गरे।

शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरू भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘गठबन्धनवालाहरुको नीति नै गलत छन्। नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हव बनाउनुपर्ने। यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भईरहेको छ। यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने, यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ। जसको ५ हजार भन्दा पुरासो शिक्षाको अनुभव छ। त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ। यी समस्याहरु छन। अव्यवस्था छ। यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ। युवाहरु सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतातिर हामीेले प्रेरित गर्न सकिरहेका छैनौं। समस्याहरु छन्। तर समाधान पनि छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *