आर्मी बन्यो आहा रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन

२३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।

आर्मीलाई च्याम्पियन बनाउनमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले समान १/१ गोल गरे।

आर्मी यस अगाडि ४ पटक फाइनल पुगेपनि उपाधिविहीन रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *