पार्टीका सांसदहरूलाई ओलीको निर्देशन : संसदमा गलत बोल्ने विरुद्ध आलोचना गर्नुस्

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराएका थिए।

आईतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्नपनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए। गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो

उनले भने,‘मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन। त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ। विरोध गर्नुपर्छ त्यसको। तर रेकर्डबाट हटाईयोस् भन्न चाहीँ पर्दैन क्या। रेकर्डबाट हटाईयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने। हामीले गलत बोल्यो, रेकर्डबाट हटाईपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने। अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र? त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ। हामीले विरोध गरेपछि पुगिहाल्यो नि। हामीले अस्विकार गर्यौ, विरोध गर्यौं त्यसको। पुग्यो। तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि। त्यो चाहीँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाई पाउँ भनेर निजले भन्दाखेरी एउटा कुरा हो। अर्काले उसको गल्ती किन सच्याईदिने?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर