पूर्व सांसद तामाङलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुदामा  दोषी ठहर गरेका पूर्व एमाले सांसद तथा व्यवसायी इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय र एक अर्ब ७२ करोड जरिवाना तोकिएको छ।

आइतबार सजायको निर्धारण गर्दै विशेष अदालतले १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो भराउन आदेश दिएको छ। त्यति नै रकम जरिवाना पनि तोकेको छ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय तेज नारायण सिह राई र मुरारीबाबु श्रेष्ठकाे इजलासले सजाय निर्धारण गरेकाे हाे ।

यस्तै, उनकी श्रीमती सिर्जना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ।

इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठको हकमा डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको हो।

फैसलामा  ‘प्रतिवादिहरु उपर काठमाडाै जिल्ला अदालतमा विचारधिन ठगी मुद्दामा यी प्रतिवादिहरु उपर कसुर ठहर भयमा पिडीतकाे विगाे भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने’ भनिएकाे छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *