डीआईजी चन्दको राजीनामा फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको राजीनामाप्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।

मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएको भन्दै फिर्ता गरिदिएको हो। डीआईजी चन्दले शनिवार राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।

‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।

छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन् ।

लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए । त्यसपछि उनलाई महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बसेर आउन भनेपछि उनको १० दिन बिदा स्विकृत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *