हिमालयन लाइफको सञ्चालकमा शुलभ अग्रवाल

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन्। आइतबार बसेको सञ्चालक समितिको २८औँ बैठकले अग्रवाललाई अध्यक्षको चयन गरेको हो।

गत शुक्रबार बसेको कम्पनीको वार्षिक साधारण सभाले अग्रवाल सहित ६ जनालाई सञ्चालकमा निर्विरोध चयन गरेको थियो। यसरी निर्विरोध सञ्चालक बन्नेहरुमा संस्थापकको तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड रहेका थिए। त्यसैगरी सर्वसाधारणको तर्फबाट राजीवप्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसी निर्विरोध चयन भएका थिए।

साधारण सभा पश्चात बसेको कम्पनीको पहिलो सञ्चालक समितिले अग्रवाललाई अध्यक्ष चयन गरेको हो। अग्रवाल यसअघि पनि कम्पनीको अध्यक्ष थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर