शैल्यशिखर : वडाध्यक्ष डाँगाको लेखापाललाई ‘मारी’ दिने धम्की (अडियोसहित)

दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक वडाध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने ‘मारी’ दिने धम्की दिएका छन्।

एमालेबाट निर्वाचित ५ नम्बर वडाका वडाध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई मारी दिने धम्की दिएका हुन्।

पर्दाफासलाई प्राप्त जानकारीअनुसार वडाध्यक्ष डाँगाले लेखापाललाई आफ्नो फर्जी बिल भुक्तानी नगरेको भन्दै कार्यालयमै गएर ज्यान मार्ने धम्की दिएका हुन्।

पर्दाफासलाई प्राप्त ४ मिनेट ३४ सेकेन्ड लामो अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको चेक नकाटिस है विजय जी चेक काट्यो भने मारि दिउला’ र ‘लेखामा आएर सल्लाह नगर्ने लेखामा आएर काम नगरि हुने हो र म मारि दिउला’ जस्ता शब्द प्रयोग गरेका छन्।

तर, वडाध्यक्ष डाँगाले पर्दाफाससँग अडियोमा त्यस्तो नभएको दाबी गरे। छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘अडियोमा त्यस्तो छैन।’

यता, लेखापाल बिष्टसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *