मेजर ध्रुवकुमारको नेतृत्वमा नेपाली सेना कंङ्गोका लागि उड्यो

नेपाली सेनाका मेजर ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोली प्रजातान्त्रिक गणतन्त्र कङ्गोका लागि प्रस्थान गरेको हो।

संयुक्त राष्ट्रसंघको आव्हानमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापनका लागि मुनुस्सो मिसनमा सहभागी हुन् महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औँ डफ्फा, नं. २७ फिल्ड गुल्म (शान्ति सेना) २७ ‍औँ डफ्फा र केवलजंग (शान्ति सेना) तेस्रो डफ्फाका गरी जम्मा १ सय ८१ जना नेपाली शान्ति सैनिकहरू मेजर श्रेष्ठको नेतृत्वमा प्रस्थान गरेका हुन्।

यस्तै, सोही मिसनमा रहेको नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ ‍औँ डफ्फा र(शान्ति सेना)का १ सय ८६ जना स्वदेश फर्केको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर