पाँच लाख घुस लिएपछि पक्राउ परे जितपुरसिमराका वडाध्यक्ष

पाँच लाख घुस लिएपछि एक वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगर-३ का वडाध्यक्ष ताराबहादुर कार्की रहेका छन्।

घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ।

उनीविरुद्ध पाँच लाख रुपैयाँ विगो कायम गर्दै आयोगले बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर