बालकुमारी घटना प्रकरण : मन्त्री ज्वालाले दिए बयान

बालकुमारी घटना प्रकरणको लागि गठन भएको जाँचबुझ आयोगलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बयान दिएका छन्।

मन्त्री ज्वालाले शुक्रबार सिंहदरबारस्थित् आयोगको कार्यालयमा गएर बयान दिएका हुन्।

कोरिया भाषा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको आन्दोलनमा गोली चल्दा अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतको मृत्यु भएको थियो।

उनीहरूले आन्दोलन गरिरहेको ठाउँमा मन्त्री ज्वाला रहेका थिए। आन्दोलनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी जलाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *