पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटनाहुँदा ८ जनाको मृत्यु भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।

प्रहरीकाअनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसजाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा मंगलबार दुर्घटना भएको हो।

सो दुर्घटनामा ८ जनाको मृत्यु र केही व्यक्तिहरू घाइते भएको पाल्पा प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ।

मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।

प्रतिक्रिया

One thought on “पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

  1. दुखद खबर 😥😥
    मृत्य प्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजन प्रती गहिरो समबेदना 🙏😔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर