नेपाल प्रहरीका ७८ एसपीको सरुवा र काज, यी जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको अनावश्यक हस्तक्षेप र रस्साकस्सीपछि केही सन्तुलन कायमगर्दै प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा तथा काज गरेको छ ।

७८ जना एसपीहरुको सरुवामा केही महत्वपूर्ण जिल्लामा गृहको दबाबमा कमाण्ड कमजोर, बदनाम र भ्रष्टाचार आरोपमा सफाई पाएका अधिकारीहरुको सरुवागर्न प्रहरी प्रधान कार्यालय बाध्य भएको छ ।

प्रहरी नियमावलि अनुसार एसपी सरुवाको अधिकार प्रहरी महानिरीक्षकको क्षेत्राधिकार भएपनि नेकपा माओवादी केन्द्र निकट नेता तथा गृहका अधिकारीहरुको अनावश्यक हस्तक्षेपका कारण सरुवा हेडक्वार्टरले चाहेजस्तो हुन सकेन् ।

सरुवा सूची अनुसार तराई मधेशका केही जिल्लाहरुमा सरुवा भएका अधिकारीहरुको विगतका कारण फेरि एकपटक प्रहरी संगठननै बदनाम हुने सम्भावना बढेको छ ।

प्रहरी अधिकृतहरु सरुवाका लागि संगठन प्रमुख र मानवस्रोत विकास विभागका प्रमुख समेतलाई बाइपास गरेर शक्तिकेन्द्रको दौडधुपका आधारमा सम्वेदनशील जिल्ला हातपार्न सफल भएको सूचीले देखाउछ ।

हेरौं सरुवा सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *