घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको  कारोबारबाट  झन्डै  चार  अर्ब  रुपैयाँ  राजस्व सङ्कलन भएको छ । भूमि  व्यवस्थापन  तथा  अभिलेख  विभागका  अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार  भएको  छ  ।  गत  पुस  महिनामा  घरजग्गा  कारोबारबाट  तीन  अर्ब  २०  करोड  ५२  लाख  १२  हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ । विभागका अनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखित पास भएका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर