सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए रवि लामिछाने र जीबी राई, विभागले लेख्यो २० बैंकलाई पत्र

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जीबी राईको सम्पत्ति र ऋणको खोजी सुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क वर्गका २० बैंकहरुलाई ८ माघमा पत्रलेख्दै लामिछाने र राईको नाममा भएका बैंक खाताको विवरणसहित ऋण लिएको भए सम्पूर्ण विवरण विभागस्थित प्रहरीको इमेल ठेगानामा पठाउन पत्राचार गरेको हो ।

विभागले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड ,एनआइसी एशिया बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड,लक्ष्मी सनराइज बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकमुष्ट लेखेको पत्रमा लामिछाने र राईको खातासहित कारोबार विवरण उपलब्ध गराइदिन भनेको हो ।

हेर्नुहाेस पत्र:

सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा दुबैको नाममा कुनै किसिमको खाता छ? छैन? भएमा खाताको प्रकार, कारोबार र अन्य विवरणसहित खाता संचालनका लागि आवश्यक कागजपत्र समेत उपलब्ध गराउन भनेको हो ।

देशभर सहकारीको नेटवर्क खडा गरेका गोर्खा मिडिया नेटवर्क प्रालि अध्यक्ष राईका नाममा सहकारी ऐनविपरित ऋण प्रवाह गरेको विषयमा उनको खोजी भइरहेको छ । उनी फरार छन् ।

विभागले सम्पत्ति शुद्धीकरणको आशंकामा लामिछाने र राई बिरुद्ध अनुसन्धान सुरु गरेको हो । यसका लागि विभागले प्रारम्भीक अनुसन्धान अधिकृत तोकेको छ । विभागले विवरण उपलब्ध भएपछि थप अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *