प्रधानाध्यापक खाँलाई ६ महिना कैद र ३ लाख जरिवाना

बाँकेका एक विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

उनलाई बुधबार अदालतले ३ लाख २ हजार १९७ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध छात्रवृत्ति वितरणतर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल ३ लाख २ हजार १९७ रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दर्ता गरेको थियो।

बाँके जिल्ला शिक्षा कार्यालयबाट २०६८ देखि २०७४ सालसम्म छात्रवृत्तिका लागि प्राप्त रकममा, कम्प्युटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उजुरी परेपछि खाँमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर