कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।

मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।

यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भाट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेकोछ ।

यी हुन् घाइते:

१. जि.ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया संजिवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।

२. बस चालक जि. कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पूर्णबहादुर चन्द वायाँ खुट्टामा चोट अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।

३. जि. कञ्चनपुर बेलडाँडी नपा– १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको ।

४. जि. बाँके राप्ति सुनारी गापा.–२ वस्ने बर्ष २३ को शुशिल कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको ।

५. जि. गुल्मी मालिका गा.पा. –७ बस्ने वर्ष २९ को अर्जुन कार्कि निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको ।

६. जि. कन्चनपुर भिमदत्त न.पा.–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम चौराहा अस्पताल वुटवल रिफर गरेको ।

७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.– १८ वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको ।

८. जि.बैतडी मेलौली न.पा. –१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको,

९. जि. कन्चनपुर भीमदत्त नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल वुटवल रिफर गरेको ।

१०. जि. गोरखा शहिद लखन गा.पा. –७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएक अवस्था समान्य संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको ।

११. जि. दार्चुला शैल्य शिखर न.पा.–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१२. जि. कन्चनपुर भीमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुँवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको ।

१३. निजको छोरा बर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१४. जि. ओखलढंगा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१५. जि. कन्चन्पुर शुक्लाफाँटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको ।

१६. काठमाडौं माहानगरपालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाति वायाँ हातमा चोट अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेको, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१७. जि. कन्चनपुर भीमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भई रहेको ।

१८. ऐ.ऐ. १८ बस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा दाहिने हात र निधारमा चोट अवस्था मध्यम ।

१९. जि. कैलाली लम्किचुहा न.पा.–१ वस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम

२०. जि. कन्चनपुर भीमदत्त न.पा.–१८ वस्ने वर्ष ४१ की शान्ति सिंह अनुहारमा चोट अवस्था मध्यम ।

२१. जि. कैलाली वर्ष ३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम

२२. निजको श्रीमतती वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।

२३. निजको छोरी वर्ष ३ कि सृष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य ।

२४ देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको ।

२५. ऐ.ऐ. वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।

२६. जि. धादिङ सिप्ले गा.पा.–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम

२७. जि. कन्चनपुर भीमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस

२८. जि. कन्चनपुर भीमदत्त न.पा. – १ बस्ने वर्ष २० को मनोज सिंह धामी निधारमा चोट अवस्था सामान्य ।

२९. ऐ.ऐ. बस्ने वर्ष २० को अशोक सिंह सामान्य ।

३० जि. कन्चनपुर भीमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरी चोट नदेखिएको अवस्था सामान्य ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *