वीर अस्पतालको मिलेमतोमा आवश्यक र बीमामा भएका औषधीको कालोबजारीः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको मिलेमतोमा आवश्यक र बिमामा भएका अधिकांश औषधीहरु सर्वसाधारणले खरिद गर्नु परेको जनाएको छ । उसले वीर अस्पतालको फार्मेसीमा आवश्यक र बिमामा भएका अधिकांश औषधीहरुसमेत उपलब्ध नभएको र मिलेमतोका कारण सेवाग्राहीले अस्पताल बाहिरका फार्मेसीहरुबाट महँगो औषधिहरु खरिद गरि प्रयोग गर्नु परेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको बिज्ञप्ती अनुसार वीरको फार्मेसीमा औषधीहरु उपलब्ध नभएको भन्ने जनगुनासो आएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको नेतृत्वमा बिहीवार बाहिरका फार्मेसीमा छापा मारिएको दाबी गरेका हुन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए । उनले भने, ‘अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।’

मन्त्रालयका अतिरिक्त सचिवहरू डा दिपेन्द्र रमण सिंह र डा विकास देवकोटा, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेल तथा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको ४ वटा टोलीले बिहीवार वीर अस्पताल र वरपरका फार्मेसीहरुको आकस्मिक अनुगमन गरेको थियो ।

वीर अस्पतालको फार्मेसीमा समेत आवश्यक तथा सामान्य औषधीहरु पनि नभएको र अस्पतालको फार्मेसीमा भएका औषधीहरु पनि बाहिर खरिद गर्न पठाउने गरेको पाइएको छ, प्रवक्ता बुढाथोलीले बिज्ञप्तीमा भनेका छन् । अस्पताल बाहिरका दुई फार्मेसीहरु सत्यम फार्मा र उपकार फार्मामा अनुगमन गर्दा म्याद गुज्रिएको औषधीहरु र दर्ता नभएका औषधीहरु रहेको, औषधिहरुको मूल्य अत्यन्त महँगो रहेको र भण्डारण पनि सहि किसिमले नभएको पाइएकाले दुबै फार्मेसीहरुमा शिल लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बिज्ञप्तीम उल्लेख छ ।

यस्तै मन्त्रालयले वीर अस्पतालको नयाँ विल्डिंगको दक्षिण पश्चिममा १५ दिन भित्रमा प्रिफेवको संरचना बनाई आवश्यक सबै औषधीहरु बिक्रि वितरण गर्न मन्त्री बस्नेतले निर्देशन दिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालभरिका सरकारी, सहकारी, निजी र सामुदायिक सबै अस्पतालहरुलाई आवश्यक औषधिहरु गुणस्तरीय, सुपथ र सहज उपलब्ध हुने गरि राख्नुहुन अनुरोध गरेको छ ।

पढनुहाेस बिज्ञप्ती:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर