आगामी वर्षको बजेट सिलिङ १८ खर्ब गर्न सिफारिस

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन्।

उनले भने,‘सरकारको करिव १० प्रतिशत राजश्व वृद्धि भएको छ। राजश्व झर्यो भनेर पनि समाचारहरु आए। सरकारले निर्धारण गरेको लक्ष्य अनुसारको राजश्व संकलन कठिन भएको छ भनेका छौं। बजेट विनियोजन कार्यान्वयनको सवालमा पुँजीगत खर्च,वित्त व्यवस्थापन खर्च,चालु खर्च र साधरण खर्चमा कस्तो उपलब्धी गरौं। कति प्रतिशत खर्च गरौं। आगामी ६ महिनामा कति खर्च गर्ने सम्भावना छ भनेर मन्त्रालयले भनेको हो। मन्त्रालयले कुनै बजेट कटौती गरेको भनेर जसरी बाहिर कुरा आए मन्त्रालयले बजेट कटौती गरेको होइन। जति सम्भव हुन्छ बढी भन्दा बढी खर्च गर्न कोसिश गर्छौं। राजश्व पनि जति सम्भव हुन्छ। त्यो उठाउन कोशिस गछौं। संसदले पारित गरेको विषय बीचमा बजेट कटौती र संशोधन गर्न सक्दैनौं। तर खर्च र आम्दानी कति हुन सक्छ। ६ महिनाको आधारमा आगामी ६ महिनाका कति के गर्न सकिन्छ त्यसको अनुमान मात्रै पेश गरेका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर