टीकापुर जग्गा हिनामिना : सीआईबीबाट थप अनुसन्धान हुँदै

टीकापुर नगरपालिका–१ टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ ।

टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणित पत्र, रकम बुझाएको रसिदलगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ । तिनै नक्कली कागजपत्रमाथि प्रहरीले थप छानबिन थालेको हो ।

अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । ०६६ देखि पटक–पटक त्यसरी जग्गा हिनामिना भएको हो।

कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान अघि बढाएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र किर्ते बनाइएको खुलेपछि प्रहरीले पनि छुट्टै अनुसन्धान अघि बढाएको हो ।

यससम्बन्धी अनुसन्धानका लागि अख्तियारले नै प्रहरीलाई पत्राचार गरेको थियो । अख्तियारको पत्रका आधारमा अनुसन्धान अघि बढेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *