पहिलो खेलमा नेपाल ए क्यानडासँग पराजित

नेपाल ‘ए’ पहिलो खेलमा क्यानडा–११ सँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य क्यानडाले ६ विकेट गुमाउँदै ४९.३ ओभरमा पूरा गरेको हो ।

क्यानडाका लागि नवनित धलिवल र निखिल दत्तले अर्धशतक प्रहार गरे । निखिल ६७ रनमा नटआउट रहे भने धलिवालले ८० रन बनाए । श्रेयास मोभाले २३ रन जोेडे ।

आज मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ थालेको नेपाल एले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । राशिद खानले ४० रनको योगदान दिएका थिए ।

नेपाल ए ले क्यानडासँग अब २ एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर