जन्डिस भएको कसरी थाहा पाउने ?

साधारण भाषामा आँखा पहेँलो हुनुको साथसाथै छालाको रंग पहेँलो हुने, नङ पहेँलो हुनुलाई जन्डिसको रुपमा बुझ्छौँ । पित्त बढेर शरीरमा पित्तको सञ्चार जुन रुपमा हुनुपर्ने हो, त्यो सञ्चार हुन सकेन र कुनै रुपमा पित्त शरीरमा रहिरहने र मात्रा बढ्दै गएमा जन्डिस (कमलपित्त) भएको भनिन्छ ।

सबै जन्डिस एकै प्रकारको हुँदैन । यो रोग विभिन्न कारणले हुन्छ । पित्त कलेजोमा उत्पादन हुन्छ । धेरैजसो रोग कलेजोसँग सम्बन्धित हुन्छन् । कलेजो बाहेक रगतको रोगहरुबाट पनि जन्डिस हुन सक्छ । कलेजोभन्दा अघिको कारणबाट हुने जन्डिस, कलेजोको कारणले हुने जन्डिस र कलेजोभन्दा पछि हुने कारणबाट हुने जन्डिस भनेर तीन वर्गमा विभाजन गरिएको छ ।

यदि कसैको रगतको खराबी, होमोलाइटिक रोग छ भने कसैलाई फियोको समस्या, कसैलाई रक्तकोषको समस्याका कारणले पनि जन्डिस हुन्छ । यसलाई प्रि हेपाटिक भन्छौं । यो जन्मजात पनि हुनसक्छ । रगतको क्यान्सर, रगतसम्बन्धी अन्य रोग, फियोको खराबी लगायतको कारणले देखिने हुन्छ ।

त्यसैगरी कलेजोसम्बन्धी रोगमा पनि जन्डिस देखिन्छ । विभिन्न कारणले हुने हेपाटाइटिसका रोगहरुले पनि जन्डिस हुन्छ । पित्तथैलीको पत्थरी पित्तनलीमा गयो भने, पित्तनलीमा पत्थरीले ब्लग भयो भने पनि जन्डिस गराउन सक्छ । रक्त सञ्चार हुने नसाहरु खुम्चिएको अवस्थामा पनि जन्डिस हुन सक्छ । जन्डिस हुने कारण अनेकौं छ । एउटै रुपमा बुझनुहुँदैन ।

लक्षणहरु

हेपाटाइटिसको कारणले भएको जन्डिसमा कसैकसैलाई दाहिने कोखामा मन्द दुखाइ हुने
मन्दखालको ज्वरो आउने
खानमन नलाग्ने, वाकवाकी हुने, अरुचि हुने
पिसाब पहेँलो हुने
आँखा पहेँलो हुने
दिसामा सेतो देखिने

के गर्ने ?

चिल्लोपदार्थ नखाने
अल्कोहलजन्य खानेकुरा नखाने
धुम्रपान, मद्यपान नगर्ने ।
जथाभाबी औषधीको सेवन नगर्ने ।
पर्याप्त आराम गर्ने ।
जन्डिसको लक्षण देखिएमा रगतको जाँच, अल्टासाउन्ड र पेटको एमआरसिटि जाँच गरेर पनि यसको निदान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर